यी १८ जना ईन्जिनियरको लाईसेन्स खारेज


नेपाल ईन्जिनियरिङ काउन्सिलले विभिन्न उजुरीको आधारमा १८ जना ईन्जिनीयरको लाईसेन्स खारेज गरेको छ ।

विभिन्न उजुरीको आधारमा त्रुटी भेटिएको भन्दै नेपाल ईन्जिनियरिङ काउन्सिल ऐन, २०५५ दफा १८ को उपदफा (१) खण्ड (ग) र खण्ड (ङ) बमोजिम विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए बमोजिम कार्वाहीमा परेका १८ जना ईन्जिनियरहरु (सिभिल तथा जियोलोजी) को नाम दर्ता किताबबाट हटाएको जानकारी सार्वजनिक गरेको छ ।

खारेजीमा परेका ईन्जिनियरहरु मध्ये बाट केहि ईन्जिनियरहरुले आफूहरु उपर अन्याय भएको बताएका छन् । साथै उक्त निर्णयलाई चित्त नबुझाइ केहि ईन्जिनियरहरुले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइ सर्वोच्च अदालतबाट अन्तरिम आदेश समेत जारी भएको अवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button