गाडि दुर्घटना हुँदा उद्धारको लागी प्रदेश २ कृषि राज्य मन्त्रि योगेन्द्र यादव आफै जुटेका


रौतहट १३ पौष । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तगत जयनगर सखुअवामा जन्ती बोकेको स्कार्पियो गाडि दुर्घटना हुँदा गाडिमा सवार मानिसहरुको उद्धारका लागी प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यालव आफै जुटेका थिए ।रौतहट जिल्ला घर भएका राज्य मन्त्रि यादव प्राय सोहि बाटो ओहोर दोहोर गर्ने गरेकाले पनि दुर्घटना भए लगतै यात्रा कै क्रममा दुर्घटना स्थल पुगेका थिए ।

दुर्घटना स्थलमा मानिसहरुको बाक्लो भिडभाड हेरेर गाडि रोकेका राज्य मन्त्रि यादवले दुर्घटनाको भ्यावह रुप हेरेर आफै उद्धारमा जुटेका थिए भने घाईतेहरुको यथाशिध्र उपचारका लागी सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत प्रदान गरे ।दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिवार प्रति गहिरो सम्वेदना प्रकट गर्दै मन्त्रि यादवले घाईतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरेका छन् ।

साथै मन्त्रि यादवले दुर्घटना निकै दुखद रहेकोले दुर्घटनाबारे जानकारी गराउदै मृत्कका परिवारका लागी मुख्यमन्त्रि लालबाबु राउत संग राहतको व्यवस्थ गर्न आफुले पहल गर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button