सबैला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा 4 बालबालिकाको मृत्यु भएको छ।


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मोटरसाईक दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनापुरस्थित रहेको मदरसा अगाडी सोमबार साँझ ८ बजेको भएको मोटरसाईकल दुर्घटनामा चार जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतका अनुसार, एउटै मोटरसाईकलमा ५ जना सवार भएकोमा दुर्घटना भएपछि चार जनाको मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनापछि स्थानीयको सहयोगमा ईलाका प्रहरी कार्यालय सबैलाबाट गएको प्रहरी टोलीले तत्कालै उद्धारको लागि पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताउँदै चिकित्सकले चार जनाको मृत्यू घोषणा गरेको डिएसपी बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा सबैला वडा २ बस्ने चारजना बालकहरु छन् । वर्ष १२ को लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बौका यादव छन् । साथै दुर्घटनामा परि सोहि वडाका वष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् ।

स्थानीयहरुका अनुसार पछाडीबाट ट्रिपरले ठक्कर दिएपछि दुर्घटना भएको बताइएपनि प्रहरीले एउटै मोटरसाईकलमा पाँच जना सवार भएर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको हो ।

घटनाको बारेमा जानकारी लिनको लागि प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेत अहिले प्रादेशिक अस्पताल जनकपुरमा गएको जानकारी दिइएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button