यु-१९ विश्वकपको खेलतालिका सार्वजनिक, नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने


काठमाडौं । दक्षिण अफ्रीकामा हुने आईसीसी यु-१९ विश्वकप क्रीकेटको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले आउँदो जनवरीमा हुने यु-१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।
विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाडिएको छ । नेपाल समूह डीमा छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफनिस्तान छन् ।

समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षीण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्बे र नामिबिया छन् ।

नेपालले पहिलो खेल न्युजिल्यान्डसंग जनवरी २१, दोस्रो खेल पाकिस्तानसंग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसंग जनवरी २६ मा खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button