‘संघीय सरकारको असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकार विरोध गर्छ ‘ मेयर उदय बरबरिया


प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सँघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको ले गैरसंवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र जनमत, परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन।

यसको बिरुध्द सँघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको निर्णयलाई स्थानीय सरकारले गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले संघीय सरकारले संविधानविरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए । ‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ उनले भने ।

उनले संघीय सरकारको यो कदमलाई आफ्नो (स्थानीय) सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए । ‘संघीय सरसकारको असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकार विरोध गर्छ । हामी कार्यपालिका बैठक बसेर संघीय सरकारको यो कदमविरुद्ध प्रस्ताव पास गर्छौं र बृहत् आन्दोलनमा उत्रिन्छौँ’, बरबरिया ले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button