प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, प्रभु साहसहित ७ मन्त्रीले आजै राष्ट्रपतिबाट शपथ लिँदै


थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी र गणेश ठगुन्ना कृषि रहेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्।
 
थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी, गणेश ठगुन्ना कृषि लगायत रहेका छन्। 

वनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने स्रोतले बताएको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्।

सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट समूह पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेकाे मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button