बलात्कारका आरोपित छुटाउन शहिदनगर का मेयर र वडाध्यक्षको दौडधुप, ईन्सपेक्टरले झपारेपछि भागे ।


जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिएपछि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो बलात्कार आरोपमा एक युवकमाथि मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपितलाई छुटाउन नगरपालिकाको मेयर र वडाध्यक्ष नै दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय यदूकुहामा वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले दबाब सृजना गर्न खोजेपछि यदुकूहाका ईन्सपेक्टर हरिविष्णु ढकालले दुवै जनालाई झपारेको गोप्य श्रोतले बताएको छ । ईन्सपेक्टर ढकालले सख्ती देखाएपछि दुवै जना निरास भएर ईलाका प्रहरीबाट निस्केका थिए ।

नाबालिक बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारवाहीको लागि दबाब दिनुको साटो आरोपित छुटाउनको लागि दबाब दिएपछि ईन्सपेक्टर ढकालले उनीहरुलाई झपारेका थिए । विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको आरोपसहित परिवारजनले शुक्रबार नै मुद्दा दर्ता गराएको हो । सो मुद्दामा प्रक्रिया अगाडी बढाइएको छ ।

१४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले होटलमा मुचुल्का समेत गरेको छ । यद्यपी, अहिलेसम्म होटल भने सील गर्न सकेको छैनन् । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ ।

त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् ।

यता, वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले आफूहरु यस्तो आरोपितलाई कुनै पनि हालातमा सिफारिस नगर्ने बताएका छन् । उनले आरोपित छुटाउन प्रहरीलाई दबाब दिएको जिज्ञासामा आरोपलाई ईन्कार गर्दै खण्डन गरे ।

उनले एक जनप्रतिनीधि भएर यस्ता कार्यको लागि कुनै पनि हालातमा सिफारिस नगरिएको बताए । आरोपितको अपराध साबित भए कानुन बमोजिम कारवाहीको लागि उनले आग्रह पनि गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button