राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ : तरुण दल


काठमाडौँ : तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएको छ । दलका अध्यक्ष जीतज‌ंग बस्‍नेतले राष्ट्रपतिको भूमिका नागरिकको अभिभावकको हुनु पर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएकाले महाअभियोग लगाएर हटाउनु पर्ने बताएका हुन् । 

‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाइ मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ,’ अध्यक्ष बस्‍नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

बस्‍नेतले संसदीय मूल्य मान्यता बोकेको मुलुकले सबै समस्याको समाधान संसद्‍बाट नै खोज्‍नु पर्छ भन्‍ने मान्यता तरुण दलले उल्लेख गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button