रौतहटमा सवारी साधन पार्किङको सुविधा नहुदा अव्यवस्थित पार्किङका कारण दुर्घाटनाको जोखिम बढदै ।


ओम प्रकाश यादव रौतहट, फागुण १५ गते । रौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन । अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ ।

जिल्लाका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका ठाँउमा अझैपनि व्यवस्थीत पार्किङ छैन । जिल्लाको शहर र ग्रामीण भेगका बजारहरुमा मोटरसाइकल लगाएतका सवारी साधन पार्किङको व्यवस्था नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको पाईएको छ ।

जिल्लाको बजारहरुको मुख्य सडक, मानिसहरुको बढी भिडभाड हुने ठाउँ र पसलको सामन्ने सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ । अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये २ वटा शहरी क्षेत्रमा छन । भने १६ स्थानीय तह ग्रामिण क्षेत्रमा छन । १८ वटै स्थानीय तहमा ब्यवस्थित पार्किङ छैन । अहिले पार्किङ रौतहटका ठूला तथा साना सहरहरुको मुख्य चुनौती बन्दै गएको छ ।

अहिले पार्किङ समस्याले बाटो हिडने बटुवा देखि शहर छिर्ने सवारी साधनहरुलाई समेत समस्या हुँदै आएको छ । अव्यवस्थित पार्कीङले अहिले बजारको सुन्दरतामा नै ह्रास आएको छ । बजारमा व्यवस्थीत पार्किङका लागि गन्न सकिने ठाँउ मात्र छ । तर त्यस ठाँउमा पनि पार्किङ व्यवस्थित भएको देखिदैन । जिल्लाका ठूला शहर गौर, गरुडा र चन्द्रनिगाहपुरमा पार्किङको अवस्था अस्तव्यस्त रहेको छ । निर्वाचित जनप्रतिनिधिहरु आएको चार वर्ष विति सक्दा पनि यो समस्या समाधान गर्नका लागि त्यति चासो लिएको देखिएको छैन ।

शहरी क्षेत्रमा बढिरहेका सवारी साधनहरुलाई व्यवस्थित गर्न सम्वन्धित निकाय मौन बसेका छन । अव्यवस्थित सवारी साधन र पार्किङको कुरामा स्थानीय तह र ट्राफिक प्रहरी त्यति गम्भीर पनि देखिदैन । बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक छ । अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन । गौर, गरुडा चन्द्रनिगाहपुर लगाएतका स्थानीय तहले प्रभावकारी रुपमा सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफुहरुले सडकपेटिको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुले बताएका छन ।

गरुडा क्षेत्रमा जथाभावि रुपमा पार्किङ गरेका गाडी मोटरको कारणले आफुहरुलाई सडकमा हिड्डुल गर्न तथा सर सामानहरु किनमेल गर्न समस्या हुने गरेको गरुडाका विन्देश्वर यादवले बताउनुभयो ।

बाहिरबाट आउने सेवाग्राही, व्यापारि तथा किनमेल गर्ने ग्रहकको मोटरसाईकल लगाउने कुनै व्यवस्था नहँुदा पसल, सरकारी कार्यालय तथा बैंकहरुकै सामुन्ने मोटरसाईकल लगाई बाटोलाई अवरुद्ध बनाउन थालेका छन जस्का कारण एका तर्फ दुर्घटनाको जोखिम बढेको छ भने अर्को तर्फ पैदल यात्रुलाई हिडडुल गर्न र सर समान किनमेल गर्न निकै समस्या हुने गरेको कटहरिया बजारमा व्यापार गर्दै आउनुभएका रविन्द्र पंडितले बताउनुभएको छ ।

बजारहरुमा मोटरसाइकल र अन्य गाडीको पार्किङको सुविधा नहुँदा मुख्य बाटोमै गाडी लगाउनुपर्ने बाध्याता भएको पंडितले बताउनुभयो । दिन प्रति दिन बढ्दो सवारी साधनको चापले आफुहरु दुर्घटनामा परिने होकि भन्ने सोच बेलाबेलामा आउने गरेको उनीहरुको गुनासो छ । मालवाहक सामान ओसारपसार गर्ने गाडी चालक विनोद चौलागाईले पार्किङको निश्चित स्थान तोकिएको भए आफुहरुलाई बिचबाटोमा गाडीहरु पार्किङ गर्नु पर्ने बाध्यता नहुने बताउनुभयो । गौर नगरपालिकाका मेयर अजय गुप्ताले नगर क्षेत्रमा पार्किङको समस्या रहेको र चाडै पार्किङको व्यवस्था गर्न आफु प्रयासरत रहेको बताउनुभएको छ । त्यस्तै गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले नगर क्षेत्रमा पार्किङको समस्या रहेको बताउनुभयो ।

कार्यापालिकाले केहि तयारी गरिरहेको र यसको व्यवस्थापनको तयारी भइरहेको समेत उहाँले बताउनुभयो । कटहरिया बजारमा पनि व्यवस्थीत पार्किङ स्थल नहुदा सार्वजनिक तथा निजी सवारीका साधन जहाँ पायो त्यही पार्कीङ हुने गरका छन । अव्यवस्थीत पार्कीङका कारण आवात–जावात गर्ने पैदलयात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सडकमा गुड्ने सवारी साधनलाई समेत अवरोध सृजना हुने गरको छ ।

रौतहटका बजारमा बाटो मै मोटरसाइकल पार्किङ थर्दा बस टेम्पु, स्कारपियो तथा टिपर र बसलाई बाटो क्रस गर्न समेत समस्या हुने गरेको छ । यहाँका बजारहरुमा अव्यवस्थित पार्किङकै कारण पटक पटक सवारी दुर्घटना समेत हुँदै आएको छ । त्यसैले सरकारले रौतहटको शहर बजारहरुमा गाडी लगाउने पार्किङको व्यवस्था गरिदिदा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ ।

रौतहटका बजारहरुमा सवारी साधन पार्किङ गर्नका लागि उचित स्थान नभएको कारण यस्तो समस्या भएको जिल्ला ट्र«ाफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव निरीक्षक राजकुमार केसीले बताउनुभएको छ । ट्र«ाफिक नियम सम्बन्धी जानकारी नभएकाहरुले समेत गाडी चलाउने गरेको र उनिहरुले जथाभावी रुपमा सडकमै सवारी साधन पार्किङक गर्ने गरेको प्रहरी नायव निरीक्षक केसीले बताउनुभयो ।

त्यस्तै जिल्लामा पछिलो समय टेम्पु, सफारी, इ रिक्सा, मोटरसाइकल लगाएतका साना साना सवारी साधनको संख्या बढेकोले बजारहरुमा सवारी साधनको चाप बढेकोले पनि यस्तो समस्या भइरहेको उहाँले बताउनुभयो । जथाभावी रुपमा सडकमा सवारी साधन पार्किङ गर्नेहरुलाई कार्यवाही गर्ने गरिएको र यसलाई नियन्त्रण गर्नका लागि थप जनशक्ति परिचालन गर्ने समेत उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button