प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०६ कोरोना संक्रमित थपिए


विराटनगर, ३० मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् भने ७८ जना डिस्चार्ज भएका छन् । सुनसरीमा ३४, मोरंङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ४, बुढीगंगामा २, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा १–१ , झापाको दमकमा ४, मेचीनगरमा ३, बा¥हदशी र भद्रपुरमा २–२, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ९ सय १६ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button