धनुषामा नेपाली काग्रेस प्रतियाग गरि एमाले प्रवेश

नेपाली कांग्रेसका क्रियाशील स्थानीय नेताकार्यकर्ताहरु शुक्रबार एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा न.५ पृतपुरपर्वतामा कांग्रेसका कार्यकर्ता धरम सिंह,बिकु महतो,अजय सहनी,अजय कुमार महतो,राम सुदिश ठाकुर,सुरज मण्डल लगाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।
कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशी सिंहले बताए ।
नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम चन्द्र मण्डलले फुलमाला लगाएर पार्टी प्रवेश गराएको हो ।
,राम कुमार महतोको अध्यक्ष्ा तथा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम चन्द्र मण्डल प्रमुख अथिती रहनुभएका थिए ।
सो कार्यक्रममा बिशिस्ट अथितिमा एमाले केन्द्रिय सदस्य असर्फी भिन्वार यादव,युवा सघ जिल्ला अध्यक्ष राम उदगार यादव,जिल्ला कमिटी सदस्य मेयरको प्रतियासी जोग कुमार यादव,फुलकुमारी महतो लगाइतको नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।