जनकपुरमा यात्रु बोकेको हायसमा अचानक आगलगी, हायस जलेर ध्वस्त !


जनकपुर| शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मिल्स एरिया र थापाचोकको बीचमा एक हायसमा आगलगी हुँदा जलेर ध्वस्त भएको छ ।

शनिबार साँझ ६ बजेर ४० बजेको समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (मधेश भवन) अगाडी पूर्व पश्चिम सडकमा गुडिरहेको गाडीमा आगलगी भएपछि जलेर ध्वस्त भएको हो ।

पीडारीचोकबाट भानुचोक तर्फ जाँदै गरेको नम्बर अझै नखुलेको सो हायसमा अचानक आगलगी भएको चालकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, गुडिरहेको गाडीमा अचानक आगलगी भएको हो । गाडीमा कसरी र के कारणले आगलगी भएको बारे अझै अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए ।

जनकपुरदेखि काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ । केही बेरमै घटनास्थलम पुगेका प्रहरी सो घटनाको मुचुल्का उठाइरहेको जनाइएको छ । सवारी भने पूर्ण रुपमा ध्वस्त भएपनि कुनै मानवीय क्षति भने भएको छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button