धनुषाको शहिदनगरमा वाईसिएलको ५१ सदस्यीय नगर कमिटि गठन ।



धनुषाको शहिदनगर नगरपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटि गठन गरिएको छ ।

शनिबार शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित बसेको बैठकबाट ५१ सदस्यीय कमिटि गठन गरिएको हो । युवा नेता मनोज कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ ।

मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा बसेको बैठकबाट नगरस्तरीय वाईसिएल कमिटि गठन गरिएको हो ।

शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट युवाहरुलाई एक जुट गरी सो कमिटि गठन गरिएको हो । सोही क्रममा तीन दर्जन बढी युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश समेत गरेका थिए ।

प्रदेश कमिटि सदस्य बरबरियाले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै मेयर बरबरियाले पार्टीप्रति लगनशिल भएर लाग्न आग्रह समेत गरे ।

सयौ जनाको सहभागीतामा सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका शहिदनगर नगर पार्टी अध्यक्ष तनुकलाल यादव विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा राम किशोर पासवान , वैधनाथ मण्डल, हेमशन्कर भण्डारी, राम कुमार यादव, राजदेव साह लगायतको अतिथिहरु समेत सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button