कमला बचाउ आभियान को तेस्रो वार्सिक उत्सव सम्पन्न


जनकपुर नेपाल भारतकाअभियानीहरुको सहभागितामा कमला बचाउ अभियानको तेश्रो वार्षिक महोत्सव विहिवार सम्पन्न भएको छ । कमला बचाउ अभियानका संयोजक विक्रम यादवको अध्यक्षतामा आयोजित तेश्रो वार्षिक महोत्सव सम्पन्न भएको हो ।

कमला बचाउ अभियानी विनोद महराले सहजीकरण गरेको वार्षिक उत्सव कार्यक्रममा पहिलो सत्रमा उदघाटन कार्यक्रम, दोश्रो सत्रमा अन्तरक्रिया र तेश्रो सत्रमा विभिन्न अभियानीहरुलाई सम्मान गरिएको हो ।उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा भारतका लागि नेपालको राजदुत दुर्गेशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिति शहिदनगरपालिकाका नगरप्रमुख उदयकुमार बरवरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद वास्तोला, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरे, गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मिनाकुमारी यादव, भारतका पिपल, निम वृक्ष तथा जल अभियानी डा. धर्मेन्द्र, सिरहाका मेयर अशेश्वर यादव, पानी सदुपयोग फाउन्डेशनका कार्यकारी निर्देशक चिरञ्जिवी भट्टराई, नमामी गंगे मेरठ उतर प्रदेशका डा. विजय पण्डित, गाँधी विचारक तथा प्रयावरण अभियन्ता मनोहर मानव, नदी संरक्षण अभियन्ता भुमिका थापा, त्रिशुली नदी संरक्षण अभियन्ता, ट्रि म्यान फरम इन्डिया सुजित कुमार, भारतका वरिष्ठ पत्रकार शंकर यादव, टिभी ९ भारत वर्षका पत्रकार हिरेण

पासवानलगायतले कमला नदीको संरक्षण सम्वद्र्धनले जल, जमिन, पर्यावरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।पर्यावरण बचाउका लागि कमला बचाउ अभियान एक ज्वलन्त उदाहरण भएकाले पर्यावरण सरक्षण सम्वद्र्धनका लागि आ आफनो ठाउँबाट योगदान पुप्याउन हुन सवैमा वक्ताहरुले आग्रह समेत गरेका थिए ।अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कमला बचाउ अभियानीहरुले अझै तदरुक्ताका साथ जल, जमिन र वृक्षारोपण लगायतको कामलाई तिव्रता दिनुपर्ने बताएका थिए ।

अहिले खोला नालालाई अव्यवस्थित तवरले उत्खन्न गरि उजाड बनाउने र चुरे क्षेत्रमा वन विनाशको कामहरु भई रहेकाले यसतर्फ सवै जना चनाखो हुनुपर्ने बताएका थिए ।समापन तथा सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि बोधमाया यादवले कमला बचाउ अभियानले आफनो उद्धेश्य अनुसारको काम गर्दा आफुबाट हुने सहयोगको लागि प्रतिवद्र्धता जाहेर गर्नुभयो ।

उहाँले चुरे क्षेत्रको संरक्षण गर्दै कमला नदीको बचाउन वृक्षारोपण गर्न, अवैध उत्खन्न रोक्न र तटवन्धलाइ मर्मत सम्भार गर्न नगरपालिकाहरुले समेत तदारुकता देखाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा कमला बचाउ अभियानसंगै पर्यावरण बचाउका लागि विभिन्न विद्याबाट सहयोग गर्ने पत्रकार, समाजसेवी, राजनितिक दलका अगुवा तथा सहयोगी नगरपालिकाका मेयर र कर्मचारीहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरेका छन् ।

कार्यक्रममा पत्रकार दिपेन्द्रप्रसाद सिंह, रामएकवाल महरा, चाँदनी झा, माला राय, मनोज पासवान, जितेन्द्र महरा, सरसफाई अभियानी रुवी झा, युवा नेता राजकिशोर यादव,विनोद रोहितालगायतलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा अतिथिहरुलाई मायाको चिन्ह समेत प्रदान गरिएको कमला बचाउ अभियानी विनोद महराले बताउनुभयो l


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button