भंगहा नगरपालिका कार्यालयको लागि आफ्नो १० कठ्ठा जग्गा दान गर्ने मेयर साहको घोषणा


महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले नगरपालिक कार्यालय भवनका लागि निजि स्तरबाट १० कठ्ठा जग्गा दान गर्ने घोषणा गरेका छन् ।

भंगहा नगरपालिका वडा नं. ५ सीतापुरमा उनले आफ्नो १० कठ्ठा जग्गा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको लागि दान गर्ने समाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै घोषणा गरेका हुन् ।

मेयर साहले सो जग्गाको हाल चलनचलतीको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ रहेको बताए ।

सो अनुसार आफूले डेढ करोड रुपैयाँको जग्गा नगरपालिका कार्यालयका लागि प्रदान गरेको उनले जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button