भंगहा नगरपालिकाका मेयर संजिव साह द्वारा नगरपालिका कार्यालय १० कठ्ठा १९ धुर जग्गादान


जलेश्वर । प्रदेश नम्बर २ को एक स्थानीय तहको प्रशासनीक भवन निर्माणको लागि नगर प्रमुखकी अमाले ११ कठ्ठा जग्गा दान गरेकी छन् ।

आफ्नै बसोबासको नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि मेयरकी आमाले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेकी हुन ।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नम्बर ५ सीतापुर बजारकी फुली साह सुँडीले सो मूल्यको जग्गा दान गरेकी हुन ।

उनले आइतबार मालपोत कार्यालय बर्दिबासमा पुगेर नगरपालिकाका नाउँमा हाल भङ्गाहा वडा नम्बर ५ मै रेल्वे स्टेसन नजिकको १० कठ्ठा १९ धुर जग्गा रजिष्ट्रेसन गरी दिनु भएको हो ।

आफ्नो जग्गा र भवन नहुँदा यसअघि भाडामा लिइएको घरमा सञ्चालन हुँदै आएको कार्यालय केही महिना पहिले नगरप्रमुख सञ्जिवकुमार साहले आफ्नो निजी भवनमा सारेका थिए ।

अहिले जग्गा प्राप्त भएपछि अब आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए ।

“अब जग्गा भयो, नगर कार्यपालिकाको निर्णयअनुसार भवन निर्माण प्रक्रिया अघि बढ्छ”, उनले भने ।

नगरप्रमुख साहले प्रशासकीय भवन निर्माणको काम अब थालिने जानकारी दिनुभयो । जग्गादाता नगरप्रमुख साहकी आमा हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button