सहिदनगर मा वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न ।


नटराज टाइम्स। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विपदको बारेमा बालबालिकाहरुलाई ज्ञानको आवश्यकता औल्याए ।

विभिन्न समयमा आपदा विपदाको बेला बालबालिकाहरु अधिक प्रभावित हुन गरेको बताउँदै उनले यसबाट जोगाउनको लागि उनीहरुलाई चेतना र शिक्षाको आवश्यकता औल्याए ।

शहिदनगर नगरपालिकाको कार्यालयले आयोजना गरेको वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै मेयर बरबरियाले बालबालिकाहरुसँग संवाद समेत गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको तीनदिने कार्यक्रममा बरबरियाले भुकम्प, बाढी पहिरो, शितलहर जस्ता विपदको बेला आफूलाई जोगाउन सक्ने आत्मविश्वास बनाउन र तौर तरिकाहरु बारे प्रशिक्षकहरुले उनीहरुलाई आत्मविश्वासबारे प्रकाश पारेको थियो ।

सो कार्यक्रममा शहिदनगर नगरपालिकाभित्रको विभिन्न विद्यालयहरुबाट केही बालबालिकाहरुलाई छनौट गरी छलफल गरेको थियो । कार्यक्रममा कक्षा ५ देखि ८ कक्षासम्मका बालबालिकाहरुलाई सहभागी गराइएको थियो ।

नगरपालिकाको शैक्षिक भवनमा राखिएको सो कार्यक्रम पुस १९ गतेदेखि पुस २१ गतेसम्म सँचालन भएको जनाइएको छ ।

नगरपालिकाका अधिकृत सत्रुध्न यादव, शिक्षा शाखाका धनेश्वर यादव, विभिन्न वडाका वडाध्यक्षहरुले बालबालिकाहरुलाई प्रोत्साहित गर्दै प्रमाणपत्र समेत वितरण गरेको हो । अन्तिम दिन मेयर बरबरियाले बालबालिकाहरुसँग उनीहरुको सिकाई, शैली, बच्ने उपायहरुबारे अन्तरक्रिया गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button