साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला


रियाद, १३ पुस । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button