गठबन्धन सता समीकरणका लागि हो , माओवादी आफनै तागतमा चुनाव लड्छ : नेता बरबरिया ।


जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता उदय कुमार बरबरिया (यादव) ले आउँदो चुनावमा माओवादी आफ्नै ताकतमा चुनाव लडने बताएका छन् ।

चुनावी प्रतिक्रिया दिँदै बरबरियाले गठबन्धन सत्ता समीकरणका लागि रहेको बताउँदै माओवादी आफ्नै ताकतमा चुनाव लडने धारणा प्रकट गरे । माओवादी केन्द्रका स्थानीय तह विभागको मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता बरबरियाले आगामी चुनावमा तालमेल गर्न माओवादी नजाने बताउँदै बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने बताए ।

जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए ।

“देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन ।

किनभने यो देशको परिवर्तनको बाहक माओवादी केन्द्र हौं ।उनले भने, –‘देशभरिको स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ ।

‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने पार्टी माओवादी नै हो । त्यसैलै माओवादी आफनै तागतले स्थानीय चुनाब लड्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button