धनुषाका स्थानीय सरकारले शिक्षा सुधारमा के–के काम गर्दै छन् ?

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत दिएको छ । पहिलो कार्यकाल स्थानीय सरकारको बितिसक्यो ।
पहिलो कार्यकालमा स्थानीय सरकारले कानून अभाव, संघ र प्रदेश सरकारको असहयोग जस्ता थुप्रै कारणले अपेक्षा अनुसार काम गर्न सकेनन् ।
समग्रमा अभ्यास र अधिकार पहिचानमै पहिलो कार्यकाल बित्यो । अहिले पुनः स्थानीय तहमा नयाँ नेतृत्व आएको छ । दुई महिना बितिसक्यो ।
धनुषाका स्थानीय सरकारले शिक्षा सुधारमा के–के काम गर्दै छन् ? कस्ता योजनालाई प्राथमिकतामा राखेका छन ?
पालिकाले विद्यालय सुधारका लागि कति सहज र कति चुनौती भइरहेको छ ?
लगायतको विषयमा लक्षमीनियाँ गाउँपालिका प्रमुख भोगेन्द्र मिश्रसँग गरिएको कुराकानीको सम्पादित अंश ।
शिक्षामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ?मेरो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि छ । यी मध्ये मानव जिवनमा सबैभन्दा महत्तपूर्ण पक्ष शिक्षालाई मान्निछ । त्यसकारण मेरो विशेष प्राथमिकतामा शिक्षा परेको छ ।
विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृतिको व्यवस्था, घरमा अभिभावशिपको अनुभुतीको योजनाहरु ल्याएको छु । पहिलो पाठशाला घर नै छ ।
त्यसकारण विद्यालय र विद्यार्थीमाथि अभिभावकको निगरानी आवश्यक छ ।
यी योजना सफल गर्न कस्तो चुनौती आउन सक्छ ?यस पालिकामा १८ वटा विद्यालय छ । विद्यालयका प्रधानाध्याकप, शिक्षक र स्रोत व्यक्तिसँग हामी पटक पटक छलफल गरीरहेका छौं ।
नियमित समयमा विद्यालय जाने वातावरण तयार गरेका छौं । विद्यार्थीलाई प्रोत्साहन गर्ने कुराहरु गरेका छौं । समग्रमा विद्यालयमा देखिएको समस्याबारे गुरु योजना बनाएर हामी काम गर्ने लक्ष्य लिएका छौं ।
विद्यार्थीको लागि कस्तो वातावरण बनाउँदै हुनुहुन्छ ?सामुदायिक विद्यालयका शिक्षक दक्ष छन् । तर अभिभावक नीजि विद्यालमा रुचि राख्ने गरेका छन् ।
सामुदायिक विद्यालयबाट सेवा लिने र नीजिमा अभिभावकहरु पढाउने गरेका छन् । पाठ्यपुस्त, छात्रवृति र पोशाकजस्ता लाभ विद्यार्थीहरुले सामुदायिक विद्यालयबाट लिई नीजिमा पढ्ने गरेका छन् ।
यी गल्त प्रवृतिलाई हामीले निरुत्साहित गर्ने वातावरण बनाउन लागेका छौं । अव हामीले नीजि विद्यालयबाट विद्यार्थी सामुदायिकमा ल्याउने जतिको गुणस्तरीय शिक्षा दिन प्रयासररत्त छौं ।
समय समयमा अनुगमन पनि गर्ने छौं । अनुगमनबाट देखिएको बेतिथि अन्तय गर्ने हामी गम्भिर छौं ।
विद्यालय बाहिरका विद्यार्थीलाई ल्याउन के गर्दै हुनुहुन्छ
विद्यालय बाहिर भएका विद्यार्थीलाई ल्याउने प्रयास विभिन्न माध्यमबाट भइरहेको छ । भर्ना अभियान, सचेतना कार्यक्रम र व्यक्तिगत रुपमा पनि पहल गरिरेका छौं । शिक्षकहरु पनि विद्यार्थीलाई विद्यालयमा ल्याउने विभिन्न काम गरिरहेका छन् । दिवा खाजाको गुणस्तरीय बढाउन दिइने बजेट पनि बढाउनु पर्छ ।
यद्दपी किसोर अवस्थामा गएपछि दलित बालबालिकाहरु बीचमै पढाइ छोड्दा केही अफ्ठयारोहरु देखिन्छ ।
बालविवाह, गरिवी र मजदुरीका लागि बाहिर जाँदा पनि विद्यालय उमेरका सबै लाई विद्यालयमा ल्याउन कठिनाइ हुन्छ ।