गठबन्धनको नाममा हामी झोले भएर बस्दैनौँः बरबरिया


धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले गठबन्धनको नाममा झोले भएर नबस्ने चेतावनी दिएका छन् ।

धनुषा जिल्लामा पाँच दलिय गठबन्धनको सिट बाँडफाँडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्मसमर्पण गर्न खोजेको भन्दै आफू नेता कार्यकर्ताहरु झोले भएर नबस्ने बताएका छन् ।

आफ्नो अधिकारिक फेसबुक प्रोफाईलमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुपर्ने भन्दै गठबन्धनको नाममा पार्टीले आत्मसमर्पण गर्न नमिल्ने उल्लेख गरेका छन् ।

पाँच दलित गठबन्धनमा धनुषाको ४ निर्वाचन क्षेत्रहरु मध्ये २, ३ र ४ नेपाली काँग्रेस तथा क्षेत्र नम्बर १ मा मात्र माओवादीको सिट हुने भन्दै गहन छलफल चलिरहँदा उनले यस्तो लेखेका हुन् । उनले लेखेका छन्ः “आदरणीय क।

प्रचण्ड ज्यु गठबंधनको नाममा आत्मसमर्पण गर्न मिल्दैन, धनुषा क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुस ।

केही ब्यक्ति बिशेषको स्वार्थपुर्तिको लागि गठबंधनको नाममा प्रतिनिधि सभा , प्रदेश सभा क र ख सबै सिट छोडन मिल्दैन ।

यो कुरामा मन्थन होस होइन भने मङ्सिर ४ को नतिजालाई पर्ख्नुस। हेक्का रहोस गठबंधनको नाममा हामी झोले भएर बस्दैनौ।।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button