महिनाथपुर बिओपीमा सशस्त्रका डिएसपी धानुकले सम्हाले कमाण्ड

धनुषाको महिनाथपुर बिओपीमा अब डिएसपीको दरबन्दी थप भएलगत्तै डिएसपीको रुपमा मदन बहादुर धानुकले कमाण्ड सम्हालेका छन् ।
नेपाल–भारत सीमासँगै रहेको धनुषाको विभिन्न तीन सशस्त्र बिओपीलाई कमाण्ड गर्न महिनाथपुरमा डिएसपी धानुकले कमाण्ड सम्हालेका छन् । सीमासँगै रहेको बिओपी इनरबा, बिओपी खजुरी र बिओपी धनौजीलाई समेत कमाण्ड लिएका हुन् ।
अबदेखि बिओपी महिनाथपुरकै अधिनश्थमा बाँकीका दुई बिओपी चल्ने भएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) मा अन्तराष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार महिनाथपुरमा डिएसपी धानुकको कमाण्ड खटाएको हो ।
खजुरी, इनरबा र धनौजी बिओपी अब डिएसपी धानुककै कमाण्डमा चल्ने भएको छ ।
पहिलो पटक धनुषाको महिनाथपुर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो । यसअघि सुरक्षा निकायको इन्टेलिजेन्स ब्यूरो काठमान्डौँमा कार्यरत रहेका धानुक गत चैत्त १० गते कार्यभार सम्हालेका हुन् ।
यसअघि पनि आसपासका क्षेत्रमा कडा सुरक्षाले चिनिएका डिएसपी धानुकले तीन बिओपीलाई थप उर्जा दिने विश्वास लिइएको छ ।