अत्यधिक गर्मीका कारण तराई–मधेशका अधिकांश स्थानमा जनवीवन प्रभावित भएको छ । 


जेठ १६ गते । अत्यधिक गर्मीका कारण तराई–मधेशका अधिकांश स्थानमा जनवीवन प्रभावित भएको छ । 

बुधबार जनकपुरधामको अधिकतम तापक्रम ४१.० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम २८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ । त्यसैगरी आजको आद्रता ५९ प्रतिशत रहेको उहाँले बताउनुभयो । जसका कारण मधेश प्रदेशको रानधानी जनकपुरधामको बजार सुनसान देखिएको छ । बाटोमा मानिसहरुको आवतजावत निकै कम छ । 

अत्याधिक तापक्रमले लु लाग्ने, थकाई लाग्ने, कमजोरी हुने, घाँटी सुक्ने, टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने तथा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्क असर पर्ने हुँदा सावधानी अपानाउन जनकपुरधामका वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र यादवले बतउनुभयो । 

वरिष्ठ फिजिसियन डा.यादवकाले भन्नुभयो, “बालबालिकाहरुलाई घर भित्रै खेल्ने वातावरण बनाउनुपर्छ । धेरै व्यायाम गर्न आवश्यकता हुँदैन, हलुका व्याम मात्र गर्ने ।

दिनमा तीनदेखि चार लिटरसम्म पानी पिउने, झोल भएका पदार्थ सेवन गर्ने जस्तै सुप, जुस/सर्वत, आदि । साथै खानपानमा चिसो हुने जस्तै बिहान सातु खाने, काँक्रो, खरबुजा पनि खान सक्छौं । खानामा हरियो साग सब्जी त्था नियमित सलाद खाने । यसले शरीरलाई तन्दरुस्त बनाउँछ । रोग प्रतिरोधक क्षमता कमजोर हुन दिदैन् ।” 

उहाँका अनुसार गर्मीको प्रभावबाट बाँच्न सतर्कता अपनाउन जरुरी छ, जस्तै तातो हावा तथा तातो लहरबाट जोगिन आवश्यक काम परे मात्र घरबाट बाहिर जाने, हलुका लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने वा छाता प्रयोग गर्नेे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button