यस वर्ष विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने


जनकपुर । यसपटकको विवाह पञ्चमीमा भारतबाट जन्ती नआउने भएको छ । विश्वमा अझै पनि कोरोना भाइरसको महामारी कायमै रहेकाले यसपालिको विवाह पञ्चमी ठूलो उत्सवविना मनाइने भएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण नेपाल–भारत सीमा अझै बन्द रहेकाले अयोध्याबाट जन्ती नआउने सम्भावना रहेको छ ।

अघिल्ला वर्षहरुमा १५ दिन अघिदेखि नै रमझम शुरु हुने जनकपुरस्थित जानकी मन्दिरमा यसपालि केही चहलपहल छैन । यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने बताइएको छ ।

हरेक वर्ष भगवान राम र सीताको विवाह भएको स्मरणमा जनकपुरधाममा निकै तामझामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button