धनुषाको शहिदनगरमा प्रचण्ड–माधव पक्षधरको ९१३ सदस्यीय सँघर्ष समिति ।


नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधव पक्षधरले धनुषाको शहिदनगरबाट ९१३ सदस्यीय समिति बनाउने निर्णय गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषा शहिदनगर नगरपालिकामा मँगलबार आयोजना गरिएको बृहत नगर स्तरीय कार्यकर्ता भेलाको क्रममा प्रत्येक वडाबाट ९०० सदस्यीय सँघर्ष समिति बनाउने भएको छ ।

नेकपा केन्द्रिय सदस्य एवम धनुषा जिल्ला ईन्चार्ज श्रवण बरबरिया यादवको प्रमुख अतिथ्यमा भएको बृहत भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको गैर संवैद्यानिक भएको भन्दै त्यसको विरुद्ध संघर्ष गर्नको लागि विशाल समिति बनाउने निर्णय गरिएको हो ।

त्यसको लागि शहिदनगर नगरपालिकाको प्रत्येक वडाबाट १०० १०० सदस्यीय गरी ९ वटै वडाबाट ९०० सदस्यीय सहित १३ सदस्यीय सचिवालय गरी ९१३ सदस्यीय विशाल समिति बनाउने भएको छ

शहिदनगर नगरपालिकाका मेयर एवम् नेकपाका प्रदेश कमिटि सदस्य समेत रहेका उदय कुमार बरबरिया यादवको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त भेलाले नगर संघर्ष समिति तनुकलाल यादवको संयोजकत्व र रामदियाल दासको सह–संयोजकत्व रहनेगरी प्रत्येक वडाबाट समिति बनाउने निर्णय गरिएको हो ।

बृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट सँघर्ष समिति । तयार गरिने बताएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button