जनकपुरधाम उपमहानगरपालिकामा अख्तियारको छापा


जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालयले विकास निर्माणको नाममा व्यापक अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले अनियमितता गरेको भन्दै अख्तियारमा व्यापकरुपमा उजुरीहरु पर्न थालेपछि अख्तियारको टोलील सो उजुरीको आधारमा आज अनुगमन गरेको जानकारी प्राप्त भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासमा परेका विभिन्न उजुरीको आधारमा छानविन थालेको जनाइएको छ । आयोगका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन गर्न थालेको छ

जनकपुरधाम उपमहानगरमाथि परेको उजुरीको आधारमा मुद्दा शाखाको कामकारवाही, लेखा शाखा, जिन्सी शाखा सहितका कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव ज्ञवालीले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालन भएका विभिन्न योजनाहरुको आजदेखि स्थलगत अनुगमन थालेको उनले बताए । टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको छ भने अन्य बाँकी दर्जनौँ उजुरीमाथि छानविन जारी रहेको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button