विद्यालय भित्र मात्र नभएर समुदायमा पनि उत्तिकै क्रियाशील रहन्छन् आमा समूहहरू ।


स्मृति कुमारी मिश्र

जनकपुरधाम : घाँसदाउरा र मेलापात गर्ने, वस्तुभाउ चराउने, घरगोठ हेरचाह गर्ने, चुल्हाचौकामा सघाउने जस्ता घरेलु श्रम गरेर बसेका बालबालिका अचानक विद्यालयमा सात घन्टी पढ्न जाँदा उनीहरूलाई अनौठो लाग्छ नै ।

विद्यालय आउन र जान, त्यहाँका क्रियकलापमा सहभागी हुन, नौला साथीसंगाती तथा शिक्षकहरूसँग उठबस, बोलीचाली र व्यवहार गर्नुपर्ने अवस्थामा डर, भय र त्रास पनि हुन्छ ।

तर, यस्तो अवस्थाबाट मुक्त हुन बालबालिकाहरूका लागि विद्यालयभित्र आमा समूहको सक्रियता यतिबेला महत्वपूर्ण भइरहेको छ ।
आसमान नेपालको निक शिक्षा दिय परियोजना सञ्चालन भइरहेका धनुषाका चार पालिकाहरू नगराइन, लक्ष्मीनियाँ, सबैला र गणेशमान चारनाथका सामुदायिक विद्यालयहरूमा स्थानीय आमा समूहहरूले साताका एक दिन अनुगमन गर्ने गरेका छन् । अनुगमनक्रममा आमा समूहहरूले विद्यालयमा हुने शैक्षणिक तथा अन्य गतिविधिबारे जानकारी लिने गर्छन् ।

अनुगमन क्रममा देखिएका समस्या निपटारा गर्न सल्लाहसुझाव ससमेत दिन्छन् भने समूहका सदस्यहरू आफैँ पनि सक्रिय भएर समस्या समाधानका लागि पहल गर्छन् ।


विद्यालय भित्र मात्र नभएर समुदायमा पनि उत्तिकै क्रियाशील रहन्छन् आमा समूहहरू । समुदायका कुनै पनि बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुल जानबाट नछुटुन् र स्कुल जाने बालबालिका कुनै पनि निहुँमा घरमा बालश्रम गरेर नबसुन् भन्ने विषयमा पनि आमा समूहहरूको गहिरो चासो रहन्छ ।


लेखपढ गर्ने बालबालिकाहरूको सिकाइ अभ्यास र स्तर वृद्धि गर्ने उद्देश्यले घरमा बनाइएको सिकाइ कुनाप्रति उनीहरूको लगाव तथा नियमिततामा जोड दिन पनि आमा समूहहरू चनाखो रहन्छन् । आमा समूहका सदस्यहरूले शैक्षिक सामग्री जुटाउन पनि विद्यालय तथा बालबालिकालाई सहयोग गर्दैआएका छन् ।


विद्यालयमा सरसफाइको अवस्थामा सुधार ल्याउन, विभिन्न दिवसहरू मनाउन तथा गर्भवतीहरूलाई स्वास्थ्य चौकीसम्म पुर्याउने काम पनि आमा समूहहरूले गर्दैआएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button