देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३


काठमाडौं । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् । 
    
कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button