राज्य मन्त्री योगेन्द्र यादवले रौतहटमा विपन्न परिवारलाई घरमै पुगेर कम्बल वितरण गर्दै ।


ओम प्रकाश यादव ,पुस ३० गते, रौतहट ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा शुक्रवार चिसोबाट प्रभावित सयौं गरिब तथा अति विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेका छन ।चिसो बढेर जनजिवन कष्टकर बनेपछि चिसोबाट गरिव तथा विपन्न परिवारलाई जोगाउन राज्य मन्त्री यादवले न्यानो कम्बल वितरण गरेका हुन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश सांसद समेत रहेका राज्य मन्त्री यादवले रौतहटको यमुनामाई गाउँपालिका वडा नं १ सुकदेव चौक र माधवनारायण नगरपालिका वडा नं ५ मिठुअवामा सयौं गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेका हुन ।

राज्य मन्त्री यादवले दुबै वडाका विपन्न, वृद्ध, अशक्त, एकल महिलाको घर घरमै पुगी कम्बल वितरण गरेका छन ।न्यानो कपडाको अभावमा चिसोले कठाङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, ज्येष्ठ नागरिकको घरमै पुगेर कृषि मन्त्री योगेन्द्र यादवले कम्बल वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरेका छन ।

चिसो मौसममा घरमै आई कम्बल दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै मिठुअवाकी ७५ वर्षिया समतोलीया देवी मन्त्री यादवलाई धन्यवाद समेत दिएकी छिन ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा राज्य मन्त्री यादवले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

चिसोमा न्यानो कपडाको अभावमा सबभन्दा बढी रौतहटका दलित समुदायका परिवार बढी समस्यामा पर्ने गरेका छन त्यसैले खासगरी दलित समुदायका परिवारलाई नै खोजी खोजी न्यानो कपडा उपलब्ध गराउने अभियान शुक्रवारदेखी सञ्चालन गरेको उनले बताए ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने उनले बताए ।

अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठाङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button