प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक डिभाइडर हस्तान्तरण गरेको छ


नटराज टाईम्स , जनकपुरधाम ।


प्रदेश २ भित्र बढ्दो दुर्घटना लाई न्यूनीकरण गर्न ट्राफिक ब्यबस्थापन का लागि भौतिक पुर्बाधार बिकास मन्त्रालय द्वारा प्रदेश प्रहरी कार्यालय लाई ४८ लाख बराबरको डिभाइडर हस्तान्तरण गरेका हुन् ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि थन्क्याएर राखिएका साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुर सहित प्रदेश २ को ८ वटै जिल्लाका भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशनसमेत दिए ।

भिडभाड तथा सवारीसाधनको अत्याधिक चापले गर्दा समय समयमा दुर्घटना हुने गरेकाले विकल्पको खोज्दै आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई निर्देशन दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button