माधोपुरमा नेकपालाई ठुलो झटका, राज्य मन्त्री यादवले सयौं व्यक्तिलाई जसपामा गराए प्रवेस


ओम प्रकाश यादव पुष ६ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा नेकपालाई ठुलो झटका लागेको छ । नेकपाबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपामा प्रवेस गरेकोले माधोपुरमा नेकपालाई ठुलो झटका लागेको देखिएको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले माधोपुरमा आज नेकपाबाट सयौं व्यक्तिलाई जनता समाजवादी पार्टीमा प्रवेस गराएका छन । वडा एकाई कमिटिले आज माधोपुरको दलित अर्थात राम बस्तीमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा कृषि राज्य मन्त्री यादवले सयौं व्यक्तिलाई जसपामा प्रवेस गराएका हुन । सो क्रममा कृषि राज्य मन्त्री यादवले आफु दलित वा जुनसुकै समुदायको गरिव परिवारहरुको सबै किसिमको समस्या समाधान गर्न तयार रहेको बताएका छन ।

राज्य मन्त्री यादवले मधेशी जनताको भोट लिएर मधेशीलाई ठग्ने तथा अधिकारबाट बञ्चित गरेर राख्ने नेकपा र कांग्रेसलाई सबै मधेशी जनताले मिलेर अब तह लगाउने बेला आएको बताएका छन । साथै मन्त्री यादवले हिजो मात्रै संसद विघटन भएसँगै झण्डै दुई तिहाइको नेकपा सरकार अब पुर्ण रुपमा असफल भइसकेको दावी गरेका छन । देशको नेतृत्व गर्न नसक्ने नेकपा सरकारबाट अब जनताले कुनै अपेक्षा राख्न नस्कने उनले बताए ।

नेकपा सरकार असफल हुँदा अब देशको नेतृत्व गर्न जसपाको विकल्प नरहेको बताउँदै राज्य मन्त्री यादवले आउँदो निर्वाचनमा जसपा नै देशको सबभन्दा ठुल्लो दल बन्ने भएकोला यसैपार्टिमा लाग्न सबैलाई आह्वान समेत गरेका छन ।

कार्यक्रममा नेकपाबाट दिनेश चौधरी र संतोष रामको नेतृत्वमा दुई सय भन्दा बढी व्यक्तिहरु जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । दिनेश चौधरी र संतोष रामको नेतृत्वमा नेकपा पार्टी परित्याग गरी दुई सय भन्दा बढी दलित एवं चौधरी समुदायका महिला तथा पुरुषहरु जसपामा प्रवेस गरेका छन । पार्टी प्रवेस कार्यक्रमका प्रमुख अतिथि कृषि राज्य मन्त्री योगेन्द्र यादवले पार्टी प्रवेस गर्ने सबैलाई टिका, माला र दोसल्ला ओढाएर जसपामा स्वागत गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा झुठको खेती मात्रै गरेर मधेशी जनता सधै ठग्ने काम मात्रै गरेकोले नेकपा परित्याग गरेको नवप्रवेसी दिनेश चौधरीले बताएका छन ।

मधेशीको भोट लिएर मधेशी जनतालाई हक अधिकार दिनबाट बञ्चित राखेर मधेशी जनतामाथी अन्याय अत्याचार गरेकोले आफु नेकपा परित्याग गरी जसपामा प्रवेस गरेको चौधरीले बताए । त्यस्तै अर्का नवप्रवेसी संतोष रामले नेकपा धनीहरुको मात्रै पार्टी रहेको र त्यो पार्टीले गरिवहरुको कुनै वास्ता नगरेकोले आफु नेकपा छाडेर जसपामा आएको बताएका छन । जसपा सबै जातजाती, गरिव, विपन्न लगाएत तराई मधेशमा बसोवास गर्ने हरेक समुदायको हक अधिकारको लागि संघर्षरत रहेकोले आफु जसपामा प्रवेस गरेको रामले बताए । नेकपाका नेताहरु दलित समुदायको भोट लिएर आफुहरुको लागि केहि पनि नगरी आफुहरुलाई पटक पटक ठग्ने काम मात्रै गरेकोले अब त्यस्ता ठग पार्टी र नेतालाई सवक सिकाउन जसपामा प्रवेस गरेको उनिहरुले बताएका छन ।

जसपाका स्थानीय नेता उपेन्द्र चौधरी, ओम प्रकाश चौधरी लगाएतको पहलमा उनिहरु पार्टी प्रवेस गरेका छन । कार्यक्रममा जसपाका पुर्व जिल्ला अध्यक्ष राम निवास यादव, पुर्व जिल्ला उपाध्यक्ष श्याम विहारी यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, जसपाका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण यादव, वडा नं ६ का वडा अध्यक्ष राजिव यादव, वडा कमिटि अध्यक्ष विरझन यादव, जसपाका क्षेत्र नं १ खका क्षेत्रीय सभापति संजिव यादव सहितका नेताहरुले आ आफना मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न वडाअध्यक्ष, नेता, कार्यकर्ता सहित सयौंको संख्यामा महिला, पुरुषहरुको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button