काठमाण्डौ हिजोभन्दा आज अझै सफा


काठमाण्डौ – बादल हटेपछि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाण्डौ अझै सफा देखिएको छ ।

आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिनुभयो । तर प्रदूषण कम भए पनि जाडो महिनामा प्रदूषणको उत्पादन धेरै हुने भएकाले पूर्णरुपमा हट्ने सम्भावना भने नरहेको वातावरणविद् तुलाधरले बताउनुभयो ।

जाडो छल्नका लागि आगो बाल्ने, फोहोर जलाउनेलगायतका काम जाडो महिनामा धेरै हुने गर्छ । यस्तै जाडो महिनामा इँट्टाभट्टाहरु पनि सञ्चालन हुने भएकाले प्रदूषण बढी हुने गर्छ । 

उत्पादन भइरहने तर बाहिर जाने बाटो नहुँदा प्रदूषण बढ्ने गर्छ । पानी परेमा प्रदूषण घट्ने सम्भावना हुन्छ । आकाशमा बादलले ढाक्दा गएको सोमबार र मंगलबार काठमाण्डौ, नेपालगञ्ज, हेटौँडासहित विभिन्न ठाउँको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button