सुवास नेम्वाङ र अग्नि खरेललाई लिएर आउनुस्, खुलामञ्चमा सँगै बसेर संविधान पढौँ : गगन थापा


नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै बसेर संविधान पढ्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्री ओलीले हिजो धनगढीमा गएर संविधान पढ भन्नुभएको रहेछ । कमरेड ओली, आउनुस् ! पढौँ संविधान । तपाईं मैदान छाडेर भागेर लुकेर बस्नुभएको सुुवास नेम्वाङलाई लिएर आउनुस्, म संविधान ढोगेर जारी गर्ने पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई लिएर आउँछु, खुलामञ्चमा सँगै बसेर संविधान पढौँ,’ काठमाडौं क्षेत्र नं. ४ ले कपनमा गरेको कार्यक्रममा नेता थापाले भने । 

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्रै नभएर चरम गैरजिम्मेवारीपूर्ण काम भएको बताए । ‘संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ भनेर अदालतले फैसला ग¥यो भने प्रधानमन्त्रीज्यू, अदालत पनि विघटन गरिदिए हुन्छ,’ उनले भने, ‘किनभने संविधानमा नलेखिएको कुरा गर्न पाइन्छ भनेपछि त त्यो पनि पाइन्छ ।’ 

उनले प्रधानमन्त्रीको कदमले देश पछाडि धकेलिएको बताए । ‘संसद् विघटनको असंवैधानिक कदम चालेर केपी ओलीले देशलाई पछाडि धकेल्नुभयो, त्यसैले ०७९ सालमा भोट माग्न ह्यान्डबल ग्राउन्डमा आउन मन गरेको म दुई वर्षअगावै तपाईंहरूमाझ यसरी आउनुपरेको छ,’ उनले भने । 

नेता थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै पुनस्र्थापना हुने धारणा राखे । ‘प्रधानमन्त्रीले सोध्नुभएछ, कसले भन्या ? संसद् पुनस्र्थापना हुन्छ भनेर । यी मैले भन्या, सुन्नुभएन ? सुवास नेम्वाङले भनेको, सुन्नुभएन ? अग्नि खरेलले भनेको, सुन्नुभएन ? संविधान बनाउने मानिसहरूले भनेको, सुन्नुभएन ? पूर्वन्यायाधीशहरूले भन्नुभएको, सुन्नुभएन ?,’ थापाले प्रश्न गरे । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button