Trending

बर्दिबासमा प्रहरीको गोली लागेर न्यौपानेको मृत्यु

बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ ।


बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिबासकी६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कार तथा हत्या विरुद्ध मंगलबार दिउँसो बर्दिबासचोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीले गोलि चलाएको थियो ।

सो क्रममा गोलि लागेर गम्भीर घाइते भएका न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारकोलागि काठमाडौं लगिएको थियो । गोलि लागेर अन्य दुई जना घाइते भएका थिए । श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button