नेकपा आधिकारिकता विवादको टुंगो लगाउन निर्वाचन आयोगको बैठक


काठमाडों : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको आधिकारिकता विवादको टुंगो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगका उच्च एक अधिकारीका अनुसार अहिले कान्तिपस्थित आयोगको कार्यालयमा बैठक जारी छ । 

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । 

प्रचण्ड–नेपाल समूहले आधिकारिकता र चुनाव चिह्नको दाबी गर्दै आएको छ । ओलीलेसमेत आफ्नो हस्ताक्षर बिनाका कुनै पनि निर्णय आधिकारिक नभएको दाबी गर्दै आएका छन् । 

प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले आयोगमा पार्टीका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफ्नो आधिकारिकता दाबी गरेका छन् । ओलीले भने आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको भन्दै कतै दाबी नै गर्नु नपर्ने बताउँदै आएका छन् । 

ओलीमाथि अनुशासनको कारबाही गर्दै आएको प्रचण्ड–नेपाल समूहले आइतबार मात्र पार्टीको साधारण सदस्यबाट हटाएको छ।  आइतबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button