कांग्रेसकी महिला नेतृ साह जसपामा प्रवेश सांसद यादवले गरे स्वागत
जनकपुरधाम वैशाख ३ गते। जनकपुरधाम उपमहानगरपालिका नेपाली कांग्रेस वार्ड नं ५ का संघर्षशील महिला नेतृ माया कुमारी साह जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन्।
जनकपुरधाम उधोग वाणिज्य संघ का निर्वाचित महिला सदस्य समेत रहेकी सक्रिय महिला नेतृ साहलाई जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले माला लगाएर पार्टीमा स्वागत गरेका छन्।
नेपाली कांग्रेस मधेशी,महिला, दलित जनजाति आदिवासी विरोधी पार्टी रहेको कारण अाफु मधेसी, महिला र शोषित पीडित वर्गको लागि संघर्ष गर्ने देश को एक मात्र पार्टी जसपा नेपालमा प्रवेश गरेकी कुरा बताइन्।
सो अवसरमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य रन्जित चौधरी, प्रदेश सदस्य विजय कुमार भगत, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर उपाध्यक्ष वासिम अकरम सहित को सहभागिता रहेका छन्।