अक्सिजन बढाउने काइदा


काठमाडौं, जेठ १ । बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले देशको स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ । अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ । जनमानसमा एकप्रकारको त्रासको वातावरण देखिएको छ । तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ ।

यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले शरीरमा अक्सिजनको माग झन् बढ्छ र शरीरमा अक्सिजन कमी हुन जान्छ । सङ्क्रमित भइहालेमा मेडिटेसन गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्छ ।

जसले शरीरमा अक्सिजनको मात्रा सन्तुलित राख्न सहयोग पु¥याउँछ । जुन विभिन्न अध्ययनबाट समेत प्रमाणित भइसकेको छ । यस सन्दर्भमा हामीले पनि कोभिड बिरामीका लागि धेरैजसो व्यायाम समावेश गरी सामग्री तयार पारेका छौँ । जसको सहयोगले बिरामीले यस्ता व्यायाम विधिको प्रयोग गरी आफैँ पनि आफ्नो शरीरको अक्सिजनको मात्रा सन्तुलित भएको अनुभव गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button