२ वटा चोरी भएका मो.सा. सहित मानिस पक्राउ


जनकपुरधाम । मिति २०७८।१०।२८ गते रातीको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं १९ बाट मोटरसाईकल चोरी र सोही राति सोही ठाउ नजिक निर्माधिन अवस्थामा रहेको घरबाट पानी तान्न मोटर तथा कल समेत घरबाट चोरी भएको भनी बिहान सुचना प्राप्त हुन साथ मिति २०७८।१०।२९ गते बिहान ०८;०० बजेको समयमा जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १९ बेंगाशिवपुर स्थित बाटोमा चेक प्वाईन्ट थापि चेक जाँच गर्ने क्रममा चोरी भएको ज.१२ प. ०६ नं. को चोरी भएको ज.१२ प. ०६ नं. को FZ-S Yamaha कम्पनीको मोटरसाईकल सहीत पानी तान्ने मोटर थान-१ र कल थान २ सहित जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. १९ मुसहरी टोल बस्ने छोटु मेस्टरको छोरा अ. वर्ष २० को सुमित मेस्टरलाई पक्राउ गरी थप चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको ।

मिति २०७८।१०।२८ गते दिनको अ. १५;०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ स्थित रहेको जिल्ला प्रशासन कार्यालय धनुषाको कार्यालय अगाडीबाट मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ बस्ने रामललित महतोको छोरा अ. वर्ष १९ को सुजित कुमार महतोलाई नियन्त्रणमा लिई चोरी गरी लगेको ज.८ प. ६२२ नम्बरको २२० सि.सि.को मोटरसाईकल र चोरी गर्न मोटरसाईकलमा प्रयोग भएको मास्टर कि समेत बरामद गरी निज सुजित कुमार महतोलाई पक्राउ गरी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button