आजदेखि सुरु हुदैँ नेपालमा कोरोनाविरुद्धको खोप अभियान


 आजदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान  सुरु हुँदै छ। बिहान १० बजे आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश सुनाएपछि प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट बालुवाटारबाट एकैपटक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु गरी तीनवटा अस्पतालबाट खोप अभियानको उद्घाटन गर्ने छन्।

देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप आफूले लगाउने बताएका छन् ।

यस्तै दोस्रो खोप कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाले खोप लिने छन्।

पहिलो चरणमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका ४ लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ।

गर्भवती, स्तन पान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका महिला तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

तर मुटुको रोग तथा स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्ने गौतमले बताए।

खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जिउ दुख्नेथकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता समस्या देखिने सक्ने डाक्टर गौतमले बताए।

उनले यस्तो समस्या देखिए तत्काल उपचारको व्यवस्था गरिएकाले आत्तिन नपर्ने बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button