मधेश प्रदेशका महिला ज्येष्ठ नागरिकलाइ सम्मान

जनकपुरधाम! महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय द्धारा आज ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको छ । कार्यक्रम जनकपुरधामको होटल भान्छा घरमा आयोजना गरिएको थियो ।
मन्त्री बिरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बनेको प्रदेश स्तरिय जेस्ठ नागरिक सम्न्वय समिति माघ २५ गते बसेको बैठकको निणर्य अनुसार प्रत्येक जिल्लाबाट १० जना गरि जम्मा ८० जनालाइ सम्मान गर्ने योजना बनाइएको थियो ।
७५ वर्ष भन्दा माथिका तथा समाजमा आफ्नो आमुल्य योगदान दिने एंव आर्थिक स्थितिले कमजोर भएका एउटा पालीकाबाट एक जानालाई छानिएको महिला बालबालीका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले जानकारी गराएका छन् ।
प्रमाणपत्र,माला लगाएत रु.पाँच हजार प्रदान गरि जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
मन्त्री सिंहको आगामी योजना प्रत्येक पालीका बाट २ महिला र दुइ पुरुष गरि १० जना एउटा पालीकाबाट छनौट गरेर कम्तीमा चार देखि पाँच सय ज्येष्ठ नागरिकलाइ २ पटकमा सम्मान गर्ने रहेको छ ।
जेष्ठ नागरिक संघ जिल्ला समितिले महोत्तरी र सिरहा बाहेका कुनै पनि जिल्लाबाट यस कार्यक्रममा १० जना पनि छनौट गरि नपठाएकोमा मन्त्री सिंहले दुःख व्यक्त गरेका छन्।
कार्यक्रमकालागी बारा जिल्लाबाट ४,पर्षा बाट ८,सर्लाही बाट ५,रौतहट बाट ६, धनुषा बाट ७ सप्तरी बाट ६ जनाको नाम मात्रै सिफरिस गरि पठाइएको थियो ।