दुई अध्यक्ष,दुई मुख्यालय र दुई सचिव


भावनात्मक रूपमा दुई चिरा भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हालसम्म आवरणमा सग्लो भएपनि यसका सबै कामकारबाहीहरू फरक फरक हुन थालेका छन् । आइतबार प्रधानमन्त्रीले असंवैधानिक तवरले गर्नुभएको संसद विघटनपछिका घटनाक्रमले नेकपाको दुई धारलाई स्पष्टसँग बाहिर ल्याएको छ ।

पार्टीका धुम्बाराही र पेरिसडाँडामा गरी दुईवटा मुख्यालय छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैजना हालसम्म नेकपाकै अध्यक्ष हुनुहुन्छ । भोलि मंगलबार बोलाइएको पार्टी केन्द्रीय समितिको बैठकनिम्ति अलग स्थानमा,अलग समयमा र अलग सचिवले खबर गरेको देखिन्छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा र ईश्वरी रिजालले भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास,बालुवाटारमा नेकपा (सरकार) केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button