पारस खड्कालाई कोरोना संक्रमण
![](https://natrajtimes.com/wp-content/uploads/2020/12/paras-khadka.png)
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफू कोरोनाबाट संक्रमित भएको जानकारी पूर्व कप्तान खड्काले सामाजिक संजाल मार्फत् गराएका हुन् ।
संक्रमणकै कारण खड्काले आजदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट खेल्नबाट बञ्चित भएका छन् । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमै रहेका बेला संक्रमण पुष्टि भएको हो ।
पारसको स्वास्थ्य अहिले सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम उनी अहिले होम आइसोलेसनमा बसेका छन् । यस अघि बन्द प्रशिक्षकै क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, उप कप्तान दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र वसन्त रेग्मी कोभिड- १९ बाट संक्रमित भइसकेका छन् ।
आफू खेल्ने अवस्थामा नरहेपछि खड्काले सबैलाई गौतमबुद्ध कपक लागि शुभकामना समेत दिएका छन् ।
![](https://natrajtimes.com/wp-content/uploads/2020/12/99299337_254669725884200_5682284574906777600_o-3-1024x731.jpg)