नेपाली काँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजीयार विजयी


जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट धनुषाको नेतृत्वमा योगेन्द्र पजीयार विजयी भएको छ ।

शुक्रबार सम्पन्न दोस्रो चरणको चुनावको क्रममा कुल मत २८१४ खस्दा सो मध्ये योगेन्द्र पजीयारले १७३५ मत ल्याएर विजयी भएको हो ।

सभापतिको लागि दोस्रो चरणमा सँस्थापन पक्षका सँतोष यादव र बिमलेन्द्र नीधि पक्षको योगेन्द्र पजीयारबीच प्रतिष्पर्धा भएको थियो । सो क्रममा पजीयार ६८९ मतान्तरले विजयी भएको हो ।

धनुषा जिल्लामा जम्मा मत ३११९ रहेकोमा पहिलो चरणमा २९०० बढी मत खसेको थियो भने दोस्रो चरणमा २८१४ मत खसेको थियो ।

शुक्रबार साँझसम्म सम्पन्न भएको दोस्रो चरणको चुनाव राती ९ बजेदेखि नै मतगणना सुरु भएको थियो । सुरुवाती माहौलमा सभापतिको लागि उम्मेदवारी दिएका दिनेश प्रसैला कम मत ल्याएर सुरुमै चुनावी प्रक्रियाबाट आउट भएको थियो ।

आउट भएपछि दिनेश प्रसैलाको समूहले पनि योगेन्द्र पजीयारलाई नै समर्थन दिएपछि पजीयार भारी मतान्तरले विजयी भएको हो ।

आजदेखि पुनः उपाध्यक्ष, सचिवहरु सहित सदस्यहको मतगणना सुरु हुने बताइएको छ । धनुषाको नेपाली काँग्रेसको सभापतिको लागि पजीयारले जिम्मेवारी सम्हाल्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button