अविरल बर्षाको कारण डुवानमा परेकाहरुकोे उद्वारमा सशस्त्र प्रहरीको सकृयता


काठमाडौं झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमापरेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षितस्थानमा स्थानान्तरण गरेको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बलनेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथजुटेको हो ।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहनानदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारीपाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएकोसशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो ।

यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घरडुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्रप्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीलेसुरक्षित स्थानमा सारेको छ ।यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमापरेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धारगरेको छ ।

सोही नगरपालिका ९ बस्ने ४५ बर्षिय मान बहादुर थापा र ४२ बर्षिया रेणुथापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेकोभन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाटखटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशलउद्धार गरेको हो ।

त्यसबेला सोही नगरपालिका ८ बस्ने ३० बर्षिय गणेश औजीभने उक्त खोलाले बगाएर बेपत्ता भएको बताईएको छ ।यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमाफसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ५ जना ब्यत्तीहरु धान काट्न खेतमा जाने क्रममा सोखोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारीपाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएकोसशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनिहरुको सकुशलउद्धार गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button